+
Search

ताजा अपडेट +

पपुलर +

उत्तरी गोरखामा जम्यो तीन फिट हिउँ, पदयात्रामा सावधान रहन सशस्त्र प्रहरीको आग्रह

पालिका लाइभ
२०८१ फाल्गुन १८, आईतवार १४:३० बजे

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालले गोरखाको साम्दो ईलाकामा पर्ने पदमार्गमा यात्रा गर्दा सावधानी अपनाउन अनुरोध गरेको छ ।

चुमनुब्री गाउँपालिका-१, साम्दो क्षेत्रमा हाल ३ फिटसम्म हिउँ परेकोले सो पदमार्गमा यात्रा गर्ने पर्यटकहरूलाई सावधान रहन भनेको हो । केही दिन यता भएको भारी हिमपातले बाटोघाटो अवरुद्ध भएपछि बिओपी साम्दोले हिउँ पन्छाउने कार्य पनि निरन्तर गरिरहेको छ ।

यसैगरी उत्तरतर्फका पदमार्गका कतिपय ठाउँमा हाल सशस्त्र प्रहरी बल नेपालका बोर्डर आउट पोस्ट स्थापना भइसकेका र अन्य स्थानमा पनि बिओपी स्थापना गरिने योजना रहेकोले हाल रहेका बिओपीहरुले ती क्षेत्रमा विपद् उद्धारलाई पनि उच्च प्राथमिकता राखेर कार्य गरिरहेको छ ।

हाल उत्तरतर्फ १० वटा बिओपी रहेकोमा प्रत्येक १० किलोमिटरमा स्थापना गर्ने संगठनको दीर्घकालीन लक्ष्य रहेको छ । हिमाली क्षेत्रमा आवतजावत गर्दा कुनै समस्या भएमा र सूचनाको लागि सशस्त्र प्रहरी बल नेपालको हटलाइन नम्बर १११४ मा फोन गर्न समेत अनुरोध गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ