+
Search

ताजा अपडेट +

पपुलर +

सुनको मूल्य लगातार उकालो, तोलामा ३०० रुपैयाँ महँगियो

पालिका लाइभ
२०८१ फाल्गुन २२, बिहीबार ११:४७ बजे

काठमाडौं– सुनचाँदीको मूल्य तीन दिनदेखि लगातार उकालो लागेको छ। सुन तोलामा ३०० रुपैयाँ र चाँदी ३५ रुपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रति तोला १ लाख ७० हजार ७०० रुपैयाँ निर्धारण भएको छ।

फागुन १९ गते तोलाको १ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको भाउ त्यसयता तीन दिनमा २ हजार ६०० रुपैयाँले उकालो लागेको छ।

चाँदीको मूल्य प्रति तोला १ हजार ९८५ रुपैयाँ पुगेको छ। चाँदीको मूल्य पनि तीन दिनमा प्रति तोला ७० रुपैयाँ बढेको छ।

बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस २९१६.७६ डलर र चाँदीको भाउ प्रति औंस ३२.५९ डलर छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ