+
Search

ताजा अपडेट +

पपुलर +

काठमाडौंमा सुरक्षाकर्मीको ‘हाईअलर्ट’

पूर्वराजाको स्वागतमा आज राजावादीहरुले काठमाडौंमा शक्ति प्रदर्शन गर्दै

पालिका लाइभ
२०८१ फाल्गुन २५, आईतवार ०९:१२ बजे

काठमाडौं- पूर्वराजा आज पोखराबाट काठमाडौं आउने अवसर पारेर राजावादीहरुले काठमाडौंमा शक्तिप्रदर्शनको तयारी गरेका छन् ।

पछिल्लो केहि समयदेखि पोखरामा बसेर गण्डकी प्रदेशका विभिन्न जिल्लाको भ्रमण गरिरहेका पूर्वराजा ज्ञानेन्द्र आज अपराहन्न काठमाडौं आउन लागेका छन् । यसैअवसरमा राजावादी दलहरु राप्रपा, राप्रपा नेपालसहित राजा फर्काउने अभियान चलाइरहेका दुर्गा प्रसाईले काठमाडौंमा संयुक्त रुपमा शक्ति प्रदर्शन गर्न लागेका छन् ।

फागुन ७ गते प्रजातन्त्र दिवसको पुर्व सन्ध्यामा पूर्वराजा ज्ञानेन्द्रले भिडियो सन्देश जारी गर्दै देश संकटमा परेकोले राष्ट्र बचाउन आफुलाई साथ दिन अपिल गरेपछि राजावादीहरु उत्साहित हुदै आफ्नो अभियानलाई तिब्र बनाइरहेका छन् ।

पूर्वराजाको अपिलले राजवादीहरु हौसिएपछि सत्तारुढ र प्रतिपक्ष दलहरु पनि तरंगित हुदै पूर्वराजालाई चेतावनी दिइरहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीदेखि प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले पुर्व राजालाई राजनीति गर्ने भए दल खोलेर चुनाव लड्न चेतावनी दिएका छन् ।

सुरक्षाकर्मीको ‘हाईअलर्ट’

सरकारले आजको राजवादीहरुको शक्ति प्रदर्शनमा विशेष नजर राख्दै काठमाडौँको सुरक्षा व्यवस्था कडा पारेको छ । सरकारी पक्षको आजको प्रदर्शनमा करिब १० हजारको उपस्थिति हुनसक्ने आकलन रहेको गृह स्रोतले जानकारी दिएको छ ।

हआज बिहानैदेखि काठमाडौंको नारायणहिटी दरबार संग्रहालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहितका संवेदनशील पहिचान गरिएका क्षेत्र र मुख्य चोकहरुमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवम् एआईजी टेक तामाङ भिडभाड र जुलुस अनियन्त्रित हुनसक्ने विश्लेषण गरी आवश्यक सुरक्षा रणनीति बनाइएको बताउँछन् । ‘जस्तो परिस्थिति आए पनि सामना गर्ने गरी रणनीति बनाएका छौं,’ उनले भने ।

सुरक्षा समितिको सोही निर्णय अनुसार आज बिहानैबाट काठमाडौंका चोकचोकमा बर्दीसहितका र सादा पोशाकका गुप्तचर टोली परिचालित छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ