+
Search

ताजा अपडेट +

पपुलर +

कोटीहोमको नाममा विजय भण्डारीको 'अराजक खेल'

पोखरामा कोटीहोम नरोकिने, दुई पक्षबिच वार्ता समिति बनाउने निर्णय

पालिका लाइभ
२०८१ फाल्गुन २६, सोमबार २२:०७ बजे

पोखरा– कोटीहोम निर्विवाद रूपमा सञ्चालन गर्न प्रत्यक्ष रूपमा सम्बन्धित दुई पक्ष सहमत देखिएका छन् ।

जिल्ला प्रशासन कार्यालय कास्कीको पहलमा पोखरास्थित सुरक्षा निकायहरूका जिम्मेवार अधिकारीहरूको उपस्थितिमा सोमबार भएको छलफलमा पोखरामा कोटीहोम निर्विवाद रूपमा सञ्चालन गर्न आयोजक मानव सेवा फाउन्डेसन र पोखरा महानगरपालिका सहमत भएका हुन् ।

बैठक सकिएपछि आयोजक मानव सेवा फाउन्डेसनका संरक्षक पुराण बाचक विजय भण्डारी उर्फ ‘बालयोगेश्वर विजयकृष्ण मूर्तिले पोखरामा सञ्चालन हुन लागेको कोटीहोम विवाद समाधान गर्न पाँच सदस्यीय वार्ता समिति गठन भएको जानकारी दिए ।

कोटीहोमका प्रमुख पुराण वाचक बालयोगेश्वर विजयकृष्ण मूर्तिले जिल्ला प्रशासन कार्यालयको संयोजकत्वमा पोखरा महानगरका दुई जना र आयोजक मानव सेवा फाउन्डेसनका दुई जना सदस्य रहने गरी समिति गठन भएको जानकारी दिइरहँदा पोखरा महानगरपालिकाका प्रवक्ता मोतीप्रसाद तिमिल्सिनाले त्यस्तो कुनै वार्ता समिति गठन नभएको दाबी गरे ।

महानगरका प्रवक्ता तिमिल्सिनाले जिल्ला प्रशासन कार्यालयको संयोजकत्वमा पोखरा महानगरका दुई जना र आयोजक मानव सेवा फाउन्डेसनका दुई जना सदस्य रहने गरी विवाद समाधान समिति निर्माणको प्रस्ताव मात्र भएको जानकारी दिए ।

पोखरा २५ को वडाध्यक्ष समेत रहेका प्रवक्ता तिमिल्सिनाले भएको वार्ता समिति निर्माणको बारेमा भोलि मंगलबार बस्ने पोखरा महानगरपालिकाको कार्यपालिका बैठकले निर्णय गर्ने बताए ।

पोखराको लेकसाइड बाराहीघाटस्थित नेपाल ट्रस्टको जग्गामा कोटीहोम हुन नहुने कुरामा महानगर अडिग रहेको जानकारी दिँदै प्रवक्ता तिमिल्सिनाले त्यस स्थान बाहेकका अन्य ठाउँमा कोटीहोम गर्न दिन महानगर तयार रहेको संलेट दिए ।

बैठकमा सहभागी विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय परिषद्का अध्यक्ष शंकर खरालले पोखरामा कोटीहोम निर्धारित मितिमा नै गर्ने कुरामा महानगर सहमत भएको जानकारी दिँदै कुन ठाउँमा गर्ने भन्ने बारेमा विवाद समाधान समितिले निर्णय लिने स्पष्ट पारे ।

मानव सेवा फाउन्डेसनले पोखरामा वैशाख १७ गतेदेखि गर्ने भनिएको कोटीहोम हुने सुनिश्चित त भएको छ नै, अहिले तयारी भइरहेको बाराहीघाटमा नै हुने हो कि अन्यत्र हुने हो ? त्यो भने विवाद समाधान समितिले तय गर्ने प्राप्त समाचारमा जनाइएको छ ।

कोटीहोम सञ्चालन गर्ने तथ्य सार्वजनिक भएसँगै देखिएका विवादहरू पनि सोही समितिले समाधान गर्ने पोखरेली जनताहरूले अपेक्षा गरेका छन् ।

बालयोगेश्वर विजयकृष्ण मूर्तिले पोखरामा कोटीहोम नरोकिने दाबी गर्दै वार्ता समितिले थप निर्णय गर्ने जानकारी दिए । ‘करिब पाँच पक्षबिच सकारात्मक छलफल भएको छ । कोटीहोम गर्ने स्थानका विषयमा निर्णय भइसकेको छैन । तर पोखरामा कोटीहोम रोकिदैन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ