+
Search

ताजा अपडेट +

पपुलर +

अन्तरपालिका डिसीसी कप हुँदै, काठमाडौं जिल्लाका ११ वटा पालिकाबाट सहभागी हुने

पालिका लाइभ
२०८१ फाल्गुन २९, बिहीबार ११:०७ बजे

काठमाडौं- काठमाडौं जिल्ला समन्वय समितिको आयोजनामा काठमाडौं जिल्ला अन्तरपालिका फुटबल प्रतियोगिता ‘डीसीसी कप’ हुने भएको छ।

यही चैत २ देखि ९ गतेसम्म हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा हुने प्रतियोगितामा काठमाडौं जिल्लाका ११ वटा पालिकाबाट सहभागी हुने बुधवार आयोजित पत्रकार सम्मेलनमा जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकीले बताए ।

प्रतियोगिताको विजेताले दुई लाख र उपविजेता टोलीले एक लाख रुपैंया प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार तथा उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिता सञ्चालनका लागि सशस्त्र प्रहरी बल, अखिल नेपाल फुटबल संघ (एन्फा) र काठमाडौं जिल्ला खेलकुद विकास समितिले प्राविधिक सहयोग गर्ने छन् ।

काठमाडौं प्रमुख बुढाथोकीले अर्को वर्षदेखि प्रतियोगिता ७७ वटै पालिकाको सहभागितामा बृहत् रूपमा आयोजना गर्ने लक्ष्य रहेको बताए ।

उनले भने, ‘यो वर्षको प्रतियोगिताको सफलता पछि अर्को वर्ष हामी यसलाई देशव्यापी बनाउनेछौँ।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ