+
Search

ताजा अपडेट +

पपुलर +

प्रभु बैंकले डिजिटल भुक्तानीमा गर्‍यो नयाँ सुरुवात, मुक्तिनाथमा भीम यूपीआई सेवा शुभारम्भ

पालिका लाइभ
२०८१ चैत्र १, शुक्रबार १८:४४ बजे

काठमाडौं– प्रभु बैंकले डिजिटल भुक्तानी र क्रस बोर्डर कारोबारमा नयाँ सुरुवात गरेको छ।

मुक्तिनाथ मन्दिर परिसरमा भीम यूपीआई सेवा शुभारम्भ गरी डिजिटल भुक्तानी र क्रस बोर्डर कारोबारमा नयाँ सुरुवात गरेको बैंकले शुक्रवार प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक समारोहबीच सेवा शुभारम्भ गरे। यो सेवा सुरुवातसँगै अब भारतीय नागरिकले आफ्नो बैंक खाताबाट भीम यूपीआईमार्फत क्यूआर स्क्यान गरी मुक्तिनाथ मन्दिरमा भेटी, दान दक्षिणा तथा अन्य भुक्तानी गर्न सक्नेछन्।

बैंकले यो सेवालाई क्रस बोर्डर डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने महत्त्वपूर्ण प्रयास भनेको छ।

समारोहमा राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्ट, निर्देशक मुक्ति सापकोटा, राष्ट्र बैंकको पोखरा प्रादेशिक कार्यालयका प्रमुख दीपकराज लामिछाने, प्रभु बैंक गण्डकी प्रदेश प्रमुख राजु रानामगर, स्थानीय प्रशासन, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी लगायत उपस्थित थिए।

गभर्नर अधिकारीले भीम यूपीआई सेवा शुभारम्भले डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्धन गर्ने बताए। उनले राष्ट्र बैंकले ‘डिजिटल नेपाल’ अभियानलाई प्राथमिकता दिँदै आएको र यस्ता नवीनतम प्रविधिको प्रवर्धनमा प्रतिबद्ध रहेको बताए।

ग्राहकहरूको रोजाईको अग्रणी बैंकको रूपमा रहेको तथा ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित बैंकका नेपालभर ३ सय १५ शाखा कार्यालयहरू, २ सय ८६ एटिएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३५ लाख भन्दा बढी ग्राहकहरू छन् ।

‘विश्वास लिन्छौँ, विश्वास दिन्छौँ’ भन्ने मूल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ ।

प्रभु बैंक छोटो समयको अन्तरालमा नै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड-२०२४ अवार्डबाट सम्मानित भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ