+
Search

ताजा अपडेट +

पपुलर +

माओवादी सांसद दाहालको दाबी: प्रधानमन्त्रीका कारण राजावादी सल्बलाए, नयाँ सरकारको छलफल सुरु भयो

पालिका लाइभ
२०८१ चैत्र ३, आईतवार १४:०९ बजे

काठमाडौं– माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले गणतन्त्र पक्षधरको सरकार बन्ने सम्भावनाको ढोका खुलेको र छलफल जारी रहेको बताएका छन्।

आज आइतबारसँग प्रतिनिधिसभा परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै दाहालले गणतन्त्र पक्षधरको सरकार बनाउन छलफल सुरु भएको बताएका हुन्।

‘समस्या सडकभन्दा सरकारमै छ, अनियमितता छ। सरकारमै बसेर व्यवस्था विरोधी गतिविधि गर्नेलाई निरुत्साहित गर्ने र यो प्रक्रियाबाट बाहिर ल्याउन संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरहरू एक ठाउँमा उभिने सहकार्य गर्ने थालनी भएको छ,’ उनले भने,’गणतन्त्र विरोधीहरूसँग हाम्रो सहकार्य हुँदैन। गणतन्त्र पक्षधरहरूको सरकार बन्ने सम्भावनाको ढोका खुलेको छ। यो प्रारम्भिक छलफल हो यसले आकार ग्रहण गरिसकेको छैन।’

उनले नेकपा एमालेसँग भन्दा बढी छलफल नेपाली कांग्रेससँग हुने पनि बताए।

माओवादीले केही दिनयता प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको कामकारबाहीकै कारण राजावादीहरू सल्बलाएको बताउँदै आएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ