+
Search

ताजा अपडेट +

पपुलर +

३ दिनअघि अहिलेसम्मकै महँगो बनेको सुनको मूल्य आज कति?

पालिका लाइभ
२०८१ चैत्र ४, सोमबार ११:५८ बजे

काठमाडौं– यही चैत १ गते हालसम्मकै उच्च बिन्दुमा पुगेर हिजो (आइतबार) केही घटेको सुनको मूल्य आज स्थिर छ।

गत शुक्रवार प्रतितोला १ लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य हिजो प्रतितोला चार सय रुपैयाँ घटेर एक लाख ७४ हजार एकसय रुपैयाँमा झरेको थियो।

आज पनि सुनको मूल्य सोही भाउमा स्थिर रहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने घटेको छ। प्रतितोला पाँच रुपैयाँ घटेर चाँदीको मूल्य २ हजार ४० रुपैयाँ कायम भएको छ।

गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो। त्यतिबेला सरकारले भन्सारदर घटाएपछि व्यापक घटेको सुनचाँदीको भाउ फेरि उच्च बनेको हो।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ