काठमाडौं– हिमालयन बैंक लिमिटेड र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सामाजिक सुरक्षा कोषबीच सेवा सहकार्यबारे सम्झौता भएको छ।
दुई संस्थाबीच वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सहज रूपमा सामाजिक सुरक्षा कोषमा योगदानका लागि रकम जम्मा गर्ने सेवा प्रदान गर्ने सम्झौता भएको हो।
बैंक तथा कोषबीच भएको यस सम्झौताअनुसार योगदानकर्ताहरूले हिमालयन बैंकमा खाता खोली यस बैंकले प्रदान गर्दै आएको हिमालरेमिट, मोबाइल बैंकिङ वा कार्ड मार्फत सहज रूपमा सामाजिक सुरक्षा कोषमा योगदानका लागि रकम जम्मा गर्न सक्नेछन्।
यसरी योगदानकर्ताहरूले योगदान गरेको रकम सोही दिन कोषको उक्त खातामा जम्मा हुने व्यवस्था गरिएको छ।
सम्झौता पत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत उज्जल राजभण्डारी र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले हस्ताक्षर गरेका थिए।
प्रतिक्रिया