काठमाडौं– नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन्। सोमबारको मन्त्रिपरिषद् बैठकले शाक्यलाई नियुक्त गरेको हो।
प्रबन्ध निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्दै शाक्यलाई नयाँ जिम्मेवारी दिने निर्णय भएको एक मन्त्रीले बताए।
शाक्य यसअघि पनि प्रबन्ध निर्देशक नियुक्त भएका थिए। २०७७ माघमा नियुक्त भएका थिए। तत्कालीन नेकपाको सरकारले नियुक्त गरेका शाक्यलाई मन्त्रालय तानेर कुलमानलाई प्रबन्ध निर्देशक नियुक्त गरिएको थियो।
घिसिङको नियुक्ति बदर गरी आफूलाई यथावत कामको माग गरेर सर्वोच्च अदालतले रिट दर्ता गरे पनि मुद्दा औचित्यहीन रुपमा थन्क्याइएको थियो।
प्रतिक्रिया