+
Search

ताजा अपडेट +

पपुलर +

देशभरका शिक्षक आन्दोलनमा रहेका बेला

देशभरका शिक्षक आन्दोलनमा रहेका बेला घोराहीमा आजदेखि विद्यालय खोल्न निर्देशन

4KNationalDaily
२०८२ बैशाख ८, सोमबार १३:२८ बजे

घोराहीमा आजदेखि विद्यालय खोल्न निर्देशन देशभरका शिक्षक आन्दोलनमा रहेका बेला दाङको घोराही उपमहानगरपालिकाले भने आजदेखि नियमित रुपमा कक्षा सञ्चालन गर्न सामुदायिक तथा संस्थागत विद्यालयलाई निर्देशन दिएको छ । उपमहानगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले आजदेखि नियमित रुपमा कक्षा सञ्चालन गर्न सामुदायिक तथा संस्थागत विद्यालयलाई निर्देशन दिएको हो । बैठकले शैक्षिक क्यालेन्डर अनुसार बैशाख ८ गतेदेखि नियमित रुपमा विद्यालय सञ्चालन गर्न निर्देशन दिएको शिक्षा महाशाखाका प्रमुख नारायण पौडेलले जानकारी दिनुभयो । आजदेखि अनिवार्य विद्यालय सञ्चालन गरे÷नगरेको विषयमा उपमहानगरपालिकाले अनुगमन गर्ने जनाएको छ । देशभरका शिक्षक आन्दोलनमा होमिँदा सामुदायिक विद्यालयको भर्ना अभियान प्रभावित भएको भन्दै स्थानीय सरकारले उपमहानगरपालिका भित्रका विद्यालय खोल्न निर्देशन दिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily