+
Search

ताजा अपडेट +

पपुलर +

पार्टीको आन्तरिक विषयमा छलफल गर्नका लागि एमालेले सचिवालय बैठक बोलायो

4KNationalDaily
२०८२ बैशाख २१, आईतवार २०:२३ बजे

एमालेले सचिवालय बैठक बोलायो समसामयिक राजनीतिक घटनाक्रम एवं पार्टीको आन्तरिक विषयमा छलफल गर्नका लागि सत्तारुढ दल एमालेले सचिवालय बैठक बोलाएको छ । आज बस्ने बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, संगठनात्मक गतिविधि लगायत विषयमा छलफल गर्न लागिएको एमालेले जनाएको छ । सरकारले आगामी जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट ल्याउदैछ । त्यसअघि गत शुक्रबार संसदमा पेश भएको नीति तथा कार्यक्रमबारे नेताहरुको धारणा सुन्ने र प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने सचिव पद्मा अर्यालले जानकारी दिनुभयो । यसअघि एमालेको संसदीय दलको बैठकमा ओलीले सरकारको नीति तथा कार्यक्रम स्थिरता, विकास र सुशासनका लागि आएको बताउनुभएको थियो । पछिल्लो समय सरकारको कार्यशैलीलाई लिएर कांग्रेसका केही नेताहरुले गरेको टिप्पणीबारे समेत छलफल हुने बुझिएको छ । नीति तथा कार्यक्रमप्रति आलोचना गर्ने तथा विरोध गर्ने विरुद्ध प्रतिवाद गर्नका लागि निर्देशनसम्मका निर्णय हुने नेताहरुले बताएका छन् । बैठक ललितपुरस्थित पाटी केन्द्रीय कार्यालयमा दिउँसो २ बस्ने पार्टी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily