+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्री केपी शर्मा ओली

आज संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिदै

4KNationalDaily
२०८२ बैशाख २८, आईतवार १२:१३ बजे

संसदमा प्रधानमन्त्रीको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ आज संसदमा दिनु हुने भएको छ । प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन लाग्नु भएको हो । यसका लागि संसद बैठक सुरु भइसकेको छ । बैठकमा अहिले सांसदहरुले बोल्ने क्रम जारी छ । सांसदहरुले धारणा राखे लगत्तै प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको जवाफपछि नीति तथा कार्यक्रम माथि प्राप्त संसोधनहरुलाई समेत राखेर निर्णयार्थ प्रस्तुत गरिनेछ । नीति तथा कार्यक्रममाथि एकल र संयुक्त गरी कुल ३७ संशोधन प्रस्ताव दर्ता भएका छन् । सभामुख देवराज घिमिरेले राष्ट्रपतिले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्नुभएको सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्नुहुने महासचिव पद्मप्रसाद पाण्डेद्धारा जारी सूचनामा उल्लेख छ । बैशाख २२ देखि निरन्तर छलफलका क्रममा रहेको नीति तथा कार्यक्रममाथि सांसदहरुले पक्ष र विपक्षमा धारणा राखिरहेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले बैशाख १९ मा संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । यस्तै, आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२÷०८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल गरियोस् भनी प्रस्तुत गर्नुहुनेछ । यसैबीच, संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभाको बैठक सबा १ बजे बोलाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily