+
Search

ताजा अपडेट +

पपुलर +

निजामती विधेयक पारित गर्नकालागि सरकराले एक साताको समय माग

निजामती विधेयक पारित गर्नकालागि सरकराले एक साताको समय माग

4KNationalDaily
२०८२ बैशाख २८, आईतवार १२:१५ बजे

एक साताको समय माग निजामती विधेयक पारित गर्नकालागि सरकराले एक साताको समय माग गरेको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री रमेश लेखकले विधेयक पारित गराउन एक साताको समय माग गर्नु भएको हो । गृहमन्त्री लेखकले विधेयक पारित गर्न अझै छलफल आवश्यक रहेको भन्दै थप ५–६ दिनको समय चाहिने बताउनु भयो । बैठकमा गृहमन्त्री लेखकले भन्नुभयो – हामी पनि छलफल गर्छौं, साथीहरू पनि छलफल गर्नुस् , ५ – ६ दिनपछि अर्को बैठकमा विवादित विषय टुङ्गयाउने गरी छलफल गरौं । ’कुलिङ पिरियड’ र सेवाको उमेरहद बारे सहमतिनजिक पुगिएको उहाँले बताउनु भयो ।

कर्मचारी हाबी भए राप्रपा सांसद बुद्धिमान तामाङले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० माथि छलफल गर्दा कर्मचारी हाबी भएको बताउनु भएको छ । कानुन निर्माणमा सांसदहरूमाथि कर्मचारीतन्त्र हाबी भएको भन्दै तामाङले दिक्दारी व्यक्त गर्नु भएको हो । राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा ’संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८०’को अन्तिम मस्यौदा प्रतिवेदनमा समिति भित्र छलफल भइरहेको छ । सांसद तामाङले कर्मचारीमा ट्रेड युनियन राख्ने, कुलिङ पिरियड राख्ने र अवकाशको उमेर ५८ बाट ६० वर्ष बनाउनेलगायतका विषयमा कर्मचारीतन्त्र हाबी भएको बताउनु भएको हो । सांसद तामाङले ट्रेड युनियनको सम्बन्धमा आफूले लिखित रूपमा फरक मत राख्ने जानकारी समिति सभापति रामहरि खतिवडालाई जानकारी गराउनु भएको छ ।राष्ट्रको ढुकुटीबाट तलब खाने व्यक्तिहरूले राजनीतिक दल आबद्ध ट्रेड युनियन खोल्न नहुने तामाङको भनाइ थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily