+
Search

ताजा अपडेट +

पपुलर +

प्रतिनिधिसभाको बैठक बस्दै

आगामी आर्थिक वर्षका विनियोजन विधेयकका लागि प्रतिनिधिसभाको बैठक बस्दै

4KNationalDaily
२०८२ जेष्ठ २, बिहीबार १२:४६ बजे

प्रतिनिधिसभाको बैठक बस्दै संसद बैठकमा सांसदहरुले आफ्नो धारणा राख्ने क्रम सुरु भएको छ । आगामी आर्थिक वर्षका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा सांसदहरुले धारणा राखिरहेका हुन् । गत मंगलबारदेखि सुरु भएको विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल जारी छ । बिहान ११ बजेदेखि सुरु बैठकमा समितिका वार्षिक प्रतिवेदनहरु पेश गरिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । सचिवालयकाअनुसार सभापति किशोर यादवले अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको वार्षिक प्रतिवेदन २०८२ र सभापति बिमला सुवेदीले कानुन न्याय तथा मानव अधिकारसमितिको वार्षिक प्रतिवेदन २०८१÷८२ पेश गर्ने सम्भावित कार्यसूची छ । यसैबीच, संसदको माथिल्लो सदन राष्ट्रियसभाको बैठक भने दिउँसो सबा १ बजे बोलाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily