+
Search

ताजा अपडेट +

पपुलर +

काठमाडौंको सतुङ्गलमा रहेको कपडा गोदाममा आज बिहान आगलागी

काठमाडौंको सतुङ्गलमा रहेको कपडा गोदाममा आज बिहान आगलागी

4KNationalDaily
२०८२ जेष्ठ २, बिहीबार १३:०४ बजे

काठमाडौंको सतुङ्गलमा रहेको कपडा गोदाममा आज बिहान आगलागी भएको छ । आर.आर. कम्प्लेक्सको भुइँतलामा रहेको गोदाममा बिहान साढे ५ बजेतिर आगो लागेको हो । आगो निभाउन झण्डै २ घण्टा लागेको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीको सहयोगमा काठमाडौं र ललितपुरबाट गएका ६ वटा दमकल र १५ वटा पानी ट्यांकर प्रयोग गरी आगो निभाइएको प्रहरीले जनाएको छ । आगलागीबाट भएको क्षतिको विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । आगलागीको कारण खुलेको छैन । यसअघि हिजो काठमाडौंको मखन टोलमा भएको आगलागीमा एक महिलाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily