+
Search

ताजा अपडेट +

पपुलर +

कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२÷०८३ का लागि नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दै

कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२÷०८३ का लागि नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दै

4KNationalDaily
२०८२ जेष्ठ ६, सोमबार १९:४१ बजे

कोशी प्रदेशको नीति तथा कार्यक्रम आज कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२÷०८३ का लागि नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ । विराटनगरमा बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख परशुराम खापुङले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेश सभाका कार्यवाहक सचिव गौतमराज अमात्यले जानकारी दिनुभयो । प्रदेश सभाको बैठक अपराह्न ३ बजेका लागि बोलाइएको छ । प्रदेश सरकारले समावेशी विकास, लगानी, रोजगारी सृजना, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, पर्यटन प्रवद्र्धन, कृषि तथा सहकारी क्षेत्रको सुदृढीकरण लगायत क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको हो । यसअघि प्रदेश सरकारले केही ठूला आयोजनाको कार्यान्वयनमा ढिलाइ तथा बजेट कार्यान्वयनमा कमजोरी देखिएको भन्दै आलोचना खेप्दै आएको थियो । सरकारको नयाँ नीति तथा कार्यक्रममाथिको छलफल र बहस भोलिदेखि सुरु हुने प्रदेशसभा सचिवालयले जनाएको छ । विपक्षी दलले भने प्रदेश सरकारको खर्च प्रणाली, पारदर्शिता र सुशासनमाथि प्रश्न उठाउँदै आएका छन् । नीति तथा कार्यक्रम प्रदेश सरकारको समग्र विकास दृष्टिकोण र प्राथमिकता झल्काउने महत्वपूर्ण दस्तावेज भएको प्रदेश सरकारले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily