+
Search

ताजा अपडेट +

पपुलर +

लुम्बिनी प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याउँदै

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ

4KNationalDaily
२०८२ जेष्ठ ५, सोमबार १९:४५ बजे

लुम्बिनी प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याउँदै लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ । प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले प्रदेश सभाको छैठौं अधिवेशनको पाँचौं बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश सरकारले कृषि, पर्यटन, उद्योग, पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगार लगायत नव प्रवर्तनको क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउन तयारी गरेको हो । सरकारले अघि बढाएका तर, सम्पन्न हुन नसकेका योजनाहरुलाई सम्पन्न गर्ने, योजनालाई अनिवार्य जनताको जीवनस्तर सुधार्न जोड्ने, स्थानीय उत्पादन वृद्धि गर्ने, अर्गानिक खेती प्रणालीको विकास गर्ने लगायत विषयलाई प्राथमिकतामा राखी नीति तथा कार्यक्रम ल्याउन लागिएको प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले बताउनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily