+
Search

ताजा अपडेट +

पपुलर +

दुई वर्षअघि बाढीले भासिएको पक्की पुल अझै बनेन

झापाको अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलामा दुई वर्षअघि बाढीले भासिएको पक्की पुल अझैसम्म बनेको छैन

4KNationalDaily
२०८२ जेष्ठ ६, सोमबार १९:४९ बजे

झापाको अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलामा दुई वर्षअघि बाढीले भासिएको पक्की पुल अझैसम्म बनेको छैन । अर्जुनधारा हुँदै इलामको माइ नगरपालिका जोड्ने सो पुलमा जोखिम मोलेर साना सवारी साधन आवतजावत गर्नुपर्ने बाध्यता छ । भासिएको पुल तत्काल मर्मत गर्न सरकारले चासो नदेखाएको स्थानीयको गुनासो छ । हिउँदमा सवारी आवागमन हुने सो पुल बर्खामा भने बन्द हुने गरेको छ । पुल भासिएका कारण सो स्थानमा नयाँ पक्की पुल बनाउनुपर्ने स्थानीयवासीको माग छ । अर्जुनधारा नगरपालिकाका सूचना अधिकारी हेमराज सेढाईले पुल निर्माणमा बजेट व्यवस्थापनका लागि पालिकाले संघ सरकारसँग अनुरोध गरेको बताउनुभयो । नगरपालिकासँग नयाँ पुल निर्माण गर्न बजेट नभएको भन्दै उहाँले संघ सरकारकै बाटो कुर्नुपर्ने अवस्था भएको बताउनुभयो । २०६५ मा भारत सरकारको दुई करोड आर्थिक सहयोगमा सो पुल निर्माण गरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily