+
Search

ताजा अपडेट +

पपुलर +

इजरायलको आक्रमण

इजरायली सेनाले गाजा क्षेत्रमा गरेको पछिल्लो हमलामा १ सय २५ प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ

4KNationalDaily
२०८२ जेष्ठ ६, सोमबार १९:५४ बजे

इजरायलको आक्रमण इजरायली सेनाले गाजा क्षेत्रमा गरेको पछिल्लो हमलामा १ सय २५ प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ । इजरायलले हिजो दिनभर गाजा क्षेत्रमा हवाई आक्रमण गरेको थियो । इजरायलले गाजामा पछिल्लो समय सैन्य कारबाही बढाएसँगै मृत्यु हुने सर्वसाधारणको संख्या दिनहुँ बढीरहेको बीबीसीले जनाएको छ । यसैबीच, प्यालेस्टिनी लडाकु समूह हमास र इजरायलबीच बन्धक रिहाई र युद्धविरामका सम्बन्धमा कतारमा नयाँ वार्ता पनि सुरु भएको छ । वार्तामा हमासले ६० दिने युद्धविराम र इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीको रिहाइका बदलामा ९ जना बन्धक मुक्त गर्न सहमत भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । वार्तामा सहायता सामग्री बोकेका ट्रक गाजा प्रवेश गर्न र गाजाका अस्पतालमा रहेका घाइते बिरामीलाई उपचारका लागि बाहिर जान दिने प्रस्ताव गरिएको छ । इजरायलले भने हमासको कब्जामा रहेका बाँकी बन्धकका विषयमा चासो राखेको छ । हमासको कब्जामा अझै ५८ जना बन्धक रहेपनि उनीहरुको अवस्था अज्ञात छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily