नेकपा (एकीकृत समाजवादी) को भ्रातृ संगठन अखिल नेपाल महिला संघ (समाजवादी) को अध्यक्षतामा मुनु सिग्देल सर्वसम्मत चयन भएकी छन्। शनिबार र आइतरबार राजधानीमा सम्पन्न सातौँ राष्ट्रिय सम्मेलनले सिग्देलको नेतृत्वमा नयाँ कमिटी चयन गरेको हो। कमिटीको उपाध्यक्षहरूमा क्रमश उषा पोखरेल, अनारकलिम मियाँ, लिना खान, देवी ओली, गीता सोडारी, र भगवती नेपाल सर्वसम्मत चयन भएका छन् ।
त्यस्तै संघको महासचिवमा राजेन्द्र लक्ष्मी गैरे निर्वाचित भएकी छन् ।
शनिबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले उद्घाटन गरेको सम्मेलनले सङ्गठन मातहतका प्रदेश, जिल्ला सम्बन्धित कमिटीबाट प्राप्त सुझावअनुसार आन्तरिक विवाद समाधान साथै राजनीतिक, साङ्गठनिक, आर्थिक तथा अन्य समसामयिक प्रस्ताव पारित गरिएको छ।
‘समाजवाद निर्माणको आधार तय गरौँ, सम्पूर्ण क्षेत्रमा समानुपातिक महिला सहभागिता सुनिश्चित गरौँ’ भन्ने नारा तय गरिएको सम्मेलनले केन्द्रीय कमिटीले गरेका निर्णय कार्यान्वयनका विषयमा रणनीति पारित गरेको छ।
नवनिर्वाचित अध्यक्ष सिग्देलले अनेम संघ समाजवादीलाई विचारशील महिलाहरूको संगठन बनाउने प्रतिबद्धता जनाइन्। महिला अधिकारको क्षेत्रमा संगठनलाई सशक्त रूपमा अगाडि बढाउने उनले दाबी गरिन्। ‘महिलाको हक(अधिकारका लागि संगठनलाई सशक्त रूपमा अगाडि बढाउनेछु। राजनीतिक र सामाजिक आन्दोलनमा हामी दृढ संकल्पित भएर अगाडि बढ्छौँ उनले भनिन्।
सिग्देल एकीकृत समाजवादी पार्टीको पोलिटब्युरो सदस्य तथा मकवानपुर इन्चार्ज समेत हुन् ।
प्रतिक्रिया