६ जेठ, काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गभर्नर सिफारिस समितिको बैठक बोलाएका छन् । १० चैतमा सिफारिस समिति गठन गरिए पनि एकपटक पनि बैठक बस्न सकेको थिएन ।
समिति गठनको करिब दुई महिनापछि मंगलबार अपराह्न ४ बजे समितिको बैठक बोलाइएको अर्थ मन्त्रालय स्रोतले जानकारी दियो ।
५ बजे मन्त्रिपरिषद् बैठक पनि बोलाइएकाले सम्भवतः आजै नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त हुने सम्भावना छ ।
अर्थमन्त्रीको अध्यक्षताका हुने सिफारिस समिति दुईपटक पुनर्गठन भइसकेको छ । सुरुमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. विश्वनाथ पौडेल र राष्ट्र बैंकका पूर्वगभर्नर विजयनाथ भट्टराई समितिको सदस्य थिए । भट्टराईले राजीनामा दिएपछि महाप्रसाद अधिकारीलाई सदस्य बनाइएको थियो ।
प्रतिक्रिया