काठमाडौँ महानगरपालिकाले सीप मेला २०८२ कार्यक्रम सुरु गरेको छ । एक महिनासम्म चल्ने मेलाबाट १० क्षेत्रका विभिन्न ३० तालिम व्यवसायहरूमा २ हजार ८२ जनालाई छोटो अवधिको व्यावसायिक तालिम प्रदान गर्ने लक्ष्य रहेको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले निःशुल्क तालिम सञ्चालन गरेको हो । महानगरपालिकाभित्र स्थायी वा अस्थायी रूपमा बसोबास गर्ने, ल्याण्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दा, फरक क्षमता भएका व्यक्ति र यसअघि सडक पेटीमा व्यापार व्यवसाय गरिरहेका व्यक्तिहरुलाई तालिमको प्राथमिकतामा राखिएको छ । युवाहरुलाई रोजगार तथा स्वरोजगार बनाउन मेलाले सघाउ पुर्याउने महानगरको विश्वास रहेको छ । अघिल्लो वर्ष महानगरपालिकाले आयोजना गरेको सीप मेलामा १० विभिन्न क्षेत्रका २५ तालिम व्यवसायमा २ हजार ७ सय १५ जनालाई तालिम दिइएको थियो ।
काठमाडौ महानगरको सीप मेला
काठमाडौँ महानगरपालिकाले सीप मेला २०८२ कार्यक्रम सुरु गरेको छ
२०८२ जेष्ठ ९, बिहीबार १४:४८ बजे

प्रतिक्रिया