मेची राजमार्गस्थित हेंवा खोलामा बाढीले डाइभर्सनमा क्षति पु¥याएसँगै ठूला सवारी साधन आवागमनमा असहज भएपछि खुलाउने प्रयास भइरहेको छ । पाँचथरको हिलिहाङ र फिदिमलाई जोड्ने सो खोलामा डाइभर्सनका लागि लगाइएका चारवटा हृयुमपाइप हिजो साँझको बाढीले क्षति पु¥याएको थियो । हृयुम पाइपमा क्षति पुगेसँगै साना सवारी साधन आउजाउ भइरहे पनि मालबाहक र ठूला साधन भने चलेका थिएनन् । सडक डिभिजन इलामले स्काभेटर प्रयोग गरेर ठूला यात्रु बाहक र मालबाहक गाडी आवागमन सहज बनाइने गरि मर्मत सुरु गरेको छ । गत सालको असोजा आएको बाढीले बेलिब्रिज बगाएपछि मेची राजमार्गको हेवा खोलामा डाइभर्सनमार्फत यातायात सञ्चालन हुँदै आएका छन् । दिर्घकालिन समाधानका लागि बेलिब्रिज आइसकेको र जडान कार्य जेठ महिनाभित्रै सकिने सडक डिभिजन कार्यालय इलामले जनाएको छ ।
हेवा खोलामा डाइभर्सन
मेची राजमार्गस्थित हेंवा खोलामा बाढीले डाइभर्सनमा क्षति पु¥याएसँगै ठूला सवारी साधन आवागमनमा असहज
२०८२ जेष्ठ ९, बिहीबार १५:०२ बजे

प्रतिक्रिया