नेकपा माओवादी केन्द्र र गंगानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टीबीच आज पार्टी एकीकरण हुँदैछ । बाबुराम भट्टराई नेतृत्वमा रहेको नेसपाका सहअध्यक्ष श्रेष्ठ पार्टीबाट अलग हुँदै माओवादीसँग एकीकरण गर्न लागेको हो । ललितपुरको ग्वार्कोस्थित एक ब्यांक्वेटमा बिहान साढे ११ बजे दुई पार्टीबीच एकता घोषणा गर्ने कार्यक्रम रहेको नेसपा सहअध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । माओवादी केन्द्रसँग एकता गर्नका लागि नेता महिन्द्रराय यादव र श्रेष्ठले अग्रसरता देखाएपनि अन्तमा यादव एकता प्रक्रियाबाट अलग हुनुभएको छ । सहअध्यक्ष श्रेष्ठले केन्द्रीय समिति पुनर्गठन गरी नेतृत्व आफ्नो पक्षमा लिएको नेताहरुले बताएका छन् । श्रेष्ठको पक्षमा २९ जना केन्द्रीय कार्यकारिणी सदस्यमध्ये १७ जना उभिएको नेताहरुको भनाइ छ । यस्तै १ सय ६० जना केन्द्रीय समिति सदस्यमध्ये ९९ जना केन्द्रीय सदस्य एकताको पक्षमा उभिएका संयोजक श्रेष्ठको दाबी छ । नेसपा अध्यक्ष भट्टराई माओवादीसँग एकता गर्न अनिच्छुुक देखिएपछि श्रेष्ठ भने एकता प्रक्रियालाई माओवादीका अधयक्ष पुष्पकमल दाहालसहितका शीर्ष नेताहरुसँग संवादमा हुनुहुन्थ्यो ।
नेसपा र माओवादी केन्द्रबीच एकता
नेकपा माओवादी केन्द्र र गंगानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टीबीच आज पार्टी एकीकरण हुँदै
२०८२ जेष्ठ १३, सोमबार ११:५७ बजे

प्रतिक्रिया