काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न सत्तारुढ नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । काठमाडौंको बुढानीलकण्ठस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बस्ने बैठक अहिले केहीबेरमा सुरु हुनेछ । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको सचिवालयमाथि पनि प्रश्न उठेपछि मन्त्री रमेश लेखकले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने आवाज उठिरहेका बेला बोलाइएको कांग्रेस पदाधिकारी बैठकलाई चासोका साथ हेरिएको छ । पदाधिकारी बैठकमा सो विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् । यसअघि कांग्रेस नेता शेखर कोइरालाले गृहमन्त्रीलाई राजीनामा दिएर छानबिनमा सघाउन आग्रह गर्नुभएको थियो । नेता कृष्णप्रसाद सिटौलाले भने कर्मचारी मुछिँदा मन्त्रीले राजीनामा दिनु नपर्ने अभिव्यक्ति दिनु भएको थियो । यस्तै, बैठकमा क्रियाशील सदस्यताका विषयमा छलफलका हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । पदाधिकारी बैठकमा समसायिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुने बताइएको छ ।
नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै
पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न सत्तारुढ नेपाली कांग्रेस पदाधिकारी बैठक बस्दै
२०८२ जेष्ठ १३, सोमबार १२:०२ बजे

प्रतिक्रिया