+
Search

ताजा अपडेट +

पपुलर +

राष्ट्रिय युवा संघको चुनाव

नेकपा एमालेको जनसंगठन राष्ट्रिय युवा संघ नेपालको भावी नेतृत्वका लागि चुनाब हुदै

4KNationalDaily
२०८२ जेष्ठ १३, सोमबार १२:०८ बजे

नेकपा एमालेको जनसंगठन राष्ट्रिय युवा संघ नेपालको भावी नेतृत्वका लागि चुनावी प्रक्रिया सुरु भएको छ । सर्वसम्मत गराउने नेताहरुको दुई दिनदेखिको प्रयास असफल भएपछि निर्वाचनको प्रक्रिया सुरु गरिएको हो । बिहान ८ बजेबाट मतदान गर्ने भनिए पनि अहिले उम्मेद्वार नामवली दाबी विरोधका लागि प्रक्रिया अघि बढाइएको छ । संघको नेतृत्वको दौडमा वर्तमान अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरी हुनुहुन्छ । थेबेलाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीको समर्थन छ भने पुरीलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पक्षले साथ दिएको छ । ४० वर्षे उमेर हदले पूरा कार्यकाल चलाउन नपाउने भएपछि पुरीलाई भूगोलको राजनीतिमा क्रियाशील हुन नेताहरुको सुझाव थियो । दुई पटक उपाध्यक्ष, एकपटक महासचिव भएकाले अध्यक्ष पाउनुपर्ने अडानबाट पुरी नहटेपछि अन्तत चुनावी प्रक्रिया अघि बढाइएको हो । दुवै पक्ष आ–आफ्ना प्यानल मार्फत चुनवी मैदानमा छन् । थेबे प्यानलबाट उपाध्यक्षमा विनय शाह र महाराज गुरुङ, महासचिवमा महेश चौलागाईं, उपमहासचिवमा उपेन्द्र शाही उम्मेदवार हुनुहुन्छ । यस्तै पुरी प्यानलबाट उपाध्यक्षमा प्रकाश गौतम, पर्वत भण्डारी, महासचिवमा कुवेर अधिकारी, उपमहासचिवमा खेमराज शर्मा उम्मेदवार बन्नुभएको छ । अध्यक्ष, दुई खुला उपाध्यक्ष, महासचिव, उपमहासचिव, दुई खुला सचिव, मधेश र महिला सचिव गरी ९ पदाधिकारी, आयोग पदाधिकारी र सदस्यसहित १ सय ६३ पदका लागि निर्वाचन भइरहेको छ । महाधिवेशनका लागि देशभरबाट १ हजार ७ सय ६४ प्रतिनिधि छन् । पोखरा सभागृहमा दिउँसोबाट मतदान सुरु हुने जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily