काठमाडौं उपत्यका विकास प्राधिकरणले विभिन्न उपत्यकाका स्थानमा भईरहेको अवैध प्लटिङ रोक लगाउन सुरु गरेको छ । काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा अवैध प्लटिङ रोक लगाउन सुरु गरिएको प्राधिकरणका ललितपुर आयुक्त तुलसीराम खर्बुजाले बताउनुभयो । स्थानीय तहका जनप्रतिनिधिसँगको मिलेमतोमा प्लटिङ भइरहेको पाइएपछि प्राधिकरणले सो पहल गरेको आयुक्त खर्बुजाको भनाई छ । ललितपुरको हरिसिद्धि, महालक्ष्मी वडा नम्बर ४ स्थित प्लटिङ, भक्तपुरको सूर्यविनायक नगरपालिका वडा ९, कीर्तिपुरको वडा नम्बर–६ अमरमार्ग लगायत स्थानमा गरिएको प्लटिङमा रोक लगाइएको हो । स्थानीय मोहीलाई समेत असर पर्ने गरी गरिएको, भिरालो जमिन सम्याएर जोखिमपूर्ण रुपमा प्लटिङ गरिएको, स्वीकृति नलिई प्लटिङ गरिएको, सार्वजनिक बाटो समेत भत्काएको लगायतका बेथिति देखिएको आयुक्त खर्बुजाको भनाई छ । यस्तै, स्थानीय तहका जनप्रतिनिधि संलग्न भएर प्लटिङ गरिएको पाइएको समेत जनाएको छ । प्रक्रिया पूरा गरेर प्लटिङ गर्दा ५ प्रतिशत खाली जग्गा छाड्नुपर्ने लगायत नियम भएकाले नियम मिचेर धेरै नाफा कमाउन व्यवसायीले अवैध रुपमा प्लटिङ गरेका छन् ।
उपत्यकाका पाँच स्थानमा अवैध प्लाटिङमा रोक
काठमाडौं उपत्यका विकास प्राधिकरणले विभिन्न उपत्यकाका स्थानमा भईरहेको अवैध प्लटिङ रोक लगाउन सुरु गरेको छ
२०८२ जेष्ठ १३, सोमबार १२:१८ बजे

प्रतिक्रिया