इजरेल गाजाको समाचार इजरायलले गाजा क्षेत्रमा गरेको पछिल्लो आक्रमणमा उद्धारकर्ता तथा स्थानीय पत्रकारसहित ३० जनाको मृत्यु भएको छ । हमासले बन्दी रिहाइ नगरेको भन्दै इजरायले गाजा क्षेत्रमा आक्रमण तीब्र पारेको छ । इजरायली सेनाले गाजाको ७७ प्रतिशत क्षेत्र कब्जा गरेको प्यालेष्टाइनी सैन्य समूह हमासले जनाएको छ । यस्तै, गाजाको दक्षिणी क्षेत्रस्थित खान युनिस, उत्तरी क्षेत्रको जवालिया र केन्द्रिय भागको नुसिरतमा इजरायलले छुट्टा छुट्टै हमला गरेको हो । जवालियामा हवाई आक्रमण हुंदा स्थानीय पत्रकार हसन मज्दी र अन्य परिवारहरु मारिएको बीबीसीले जनाएको छ । मज्दीको मृत्युसँगै युद्ध भएयता २ सय २० पना पत्रकारले ज्यान गुमाएको हमास पक्षीय संचार माध्यमले जनाएका छन् । यसैबीच, इजरायली सेनाले विज्ञप्ति जारी गर्दै गाजा क्षेत्र युद्ध अन्त्यतर्फ उन्मुख भएको र हमासले धेरै सम्पत्ति गुमाएको बताएको छ ।
इजरायलले गाजा क्षेत्रमा गरेको पछिल्लो आक्रमणमा उद्धारकर्ता तथा स्थानीय पत्रकारसहित ३० जनाको मृत्यु
२०८२ जेष्ठ १३, सोमबार १२:२० बजे

प्रतिक्रिया