+
Search

ताजा अपडेट +

पपुलर +

युक्रेन युद्ध अन्त्यको पहल

रुसले युक्रेनको किभ लगायत शहरमा ड्रोन तथा क्षेप्यास्त्र प्रहार गर्दा ३ जना बालबालिका सहित १२ जनाको मृत्यु

4KNationalDaily
२०८२ जेष्ठ १३, सोमबार १२:२१ बजे

रुस–युक्रेनको समाचार युक्रेन युद्ध अन्त्यको पहल भइरहेको समयमा रुसले युक्रेनको किभ लगायत शहरमा ड्रोन तथा क्षेप्यास्त्र प्रहार गर्दा ३ जना बालबालिका सहित १२ जनाको मृत्यु भएको छ । रुसले २ यस ९८ वटा ड्रोन र ६९ वटा क्षेप्यास्त्र प्रहार गरेको समाचार संस्था रोयटर्सले जनाएको छ । रुसले प्रहार गरेको मध्ये २ यस ६६ वटा ड्रोन र ४५ वटा क्षेप्यास्त्रलाई युक्रेनले नष्ट गरेको दावी गरेको छ । रुसको निरन्तरको आक्रमण पछि अमेरिका मौन रहंदा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई थप हौसला मिलेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताउनुभएको छ । सामाजिक संजाल टेलिग्राममा पोष्ट गर्दै राष्ट्रपति जेलेन्स्कीले रुसका आतंकवादी क्रियाकलापनै उसलाई प्रतिवन्ध लगाउन पर्याप्त आधार भएको उल्लेख गनर््ुभएको छ । यसैविच, अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले रुसको क्रियाकलापले आफु खुशी नभएको बताउनुभएको छ । संचारकर्मीको प्रश्नको जवाफ दिंदै राष्ट्रपति ट्रम्पले रुसलाई प्रतिवन्ध लगाउन सकिने समेत संकेत गर्नुभएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily