एनभीए भलिबलमा एभरेस्ट र कर्णाली भिड्दै पोखरामा जारी एनभीए भलिबल लिगमा महिलातर्फ एभरेस्ट भलिबल क्लबले दोस्रो जित हात पारेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको खेलमा एभरेस्टले कर्णालीलाई ३–० को सोझो सेटमा पराजित गर्दै दोस्रो जित दर्ता गरेको हो । एभरेस्टले २५–१४, २५–७, २५–२० ले कर्णालीलाई पराजित ग¥यो । जारी प्रतियोगितामा कर्णाली प्रदेश जितविहीन छ । लिगमा समान ९ अंकसहित नेपाल पुलिस क्लब शीर्ष र टिप टप न्यू डायमण्ड स्पोर्टस क्लब दोस्रो स्थानमा छ । एपीएफ क्लबको ६ अंकसहित तेस्रो स्थानमा छ । यस्तै, लिग अन्तर्गत महिलातर्फको अर्को खेलमा विभागीय डर्बीमा त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । पुरुषतर्फ आज चार खेल हुनेछन् । नेपाल भलिबल संघको आयोजनामा जेठ १५ गतेसम्म चल्ने प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा विजेता पुरुष तथा महिला दुवै टिमले ८ लाख र उपविजेताले ४ लाख रुपैयाँ प्राप्त गर्नेछन् । तेस्रो हुने टिमलाई २ लाख रुपैयाँ र सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । लिगका विजेता २ टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछन् ।
एनभीए भलिबलमा एभरेस्ट र कर्णाली भिड्दै
पोखरामा जारी एनभीए भलिबल लिगमा महिलातर्फ एभरेस्ट भलिबल क्लबले दोस्रो जित हात पारेको छ
२०८२ जेष्ठ १३, सोमबार १२:२४ बजे

प्रतिक्रिया