+
Search

ताजा अपडेट +

पपुलर +

च्याम्पियन्स लिगमा सिटी, चेल्सी र न्युकासल इङ्लिस प्रिमियर लिग फुटबलको २०२४÷२५ को सिजन समाप्तिसँगै म्यानचेस्टर सिटी

4KNationalDaily
२०८२ जेष्ठ १३, सोमबार १२:२५ बजे

च्याम्पियन्स लिगमा सिटी, चेल्सी र न्युकासल इङ्लिस प्रिमियर लिग फुटबलको २०२४÷२५ को सिजन समाप्तिसँगै म्यानचेस्टर सिटी, चेल्सी र न्युकासल युनाइटेडले च्याम्पियन्स लिगमा स्थान पक्का गरेका छन् । शीर्ष पाँच रहँदै म्यान सिटी, चेल्सी र न्युकासल युनाइटेडले अर्को सिजनको युरोपेली च्याम्पियन्स लिग फुटबल खेल्ने भएका हुन् । यस सिजनको इंग्लिस प्रिमियर लिगमा हिजो अन्तिम दिनका खेलमा यी टोलीहरुले शीर्ष पाँचमा रहेर यो उपलब्धी हासिल गरेका हुन् । लिभरपुल र आर्सनलको यसअघि नै युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता खेल्ने निश्चित भइसकेको थियो । च्याम्पियन लिभरपुलले क्रिस्टल प्यालेससँग १–१ को बराबरी खेलेको थियो । यससँगै लिभरपुल ८४ अंकसहित एनफिल्डमा ट्रफी उचाल्न सफल रह्यो । दोस्रो स्थानको आर्सनलले भने साउथह्याम्पटनलाई २–१ ले पराजित ग¥यो । आर्सनल ७४ अंकसहित दोस्रोमा रहेको छ । म्यान सिटीले फुलहमलाई २–० र चेल्सीले नटिङ्घम फरेस्टलाई १–० ले हराएको छ । न्युकासल भने एभरटनको हातबाट १–० ले पराजित रह्यो, तर फरेस्टको हारले टोलीलाई फाइदा पुगेको हो । सिटीको ७१, चेल्सीको ६९ र न्युकासल ६६ अंक भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily