+
Search

ताजा अपडेट +

पपुलर +

रोशनी शाहीको ‘सुसाइड नोट’- छोरा म बाँच्नुको अर्थ भएन

रोशनी शाहीको ‘सुसाइड नोट’- छोरा म बाँच्नुको अर्थ भएन

4KNationalDaily
२०८२ जेष्ठ १३, सोमबार १६:२१ बजे

१२ जेठ, काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोटमा ५० वर्षीया रोशनी शाही मृत अवस्थामा आइतबार फेला परिन् ।

बालकोटको बृहस्पति मार्गस्थित लक्ष्मीश्वर महतोको तीनतले घरमा उनी डेरा गरेर बस्दै आएकी थिइन् । भक्तपुरका एसपी माधव बुढाथोकीका अनुसार, आइतबार दिउँसो १ बजेर ५० मिनेटमा कोठाभित्रै मृत अवस्थामा उनी फेला परेकी हुन् ।

ढोका नखुलेपछि प्रहरीलाई खबर भएको थियो । त्यसपछि प्रहरी र जनप्रतिनिधिसहितको टोलीले ढोका फुटाएर हेर्दा उनी काठाभित्र मृत अवस्थामा भेटिन् ।

घटनास्थल मुचुल्का गरेर शव पोस्टमार्टमका लागि आइतबार नै प्रहरीले अस्पताल पठायो ।

तर घटनास्थलमा भने प्रहरीले दुई पेज लामो ‘सुसाइड नोट’ फेला पार्‍यो । शाहीको कोठामा भेटिएको उक्त ‘सुसाइड नोट’ शाहीले नै लेखेको हो/होइन भन्ने यकिन भने हुन बाँकी नै छ ।

शाहीको कोठामा भेटिएको उक्त कागजमा भने आफ्ना छोराको बारेमा मात्रै विषयहरु उल्लेख भएको पाइएको एक अनुसन्धान अधिकृतले बताए । छोराका विषयमा मात्रै उल्लेख भएको काजग भेटिएको प्रहरीले बताएको छ ।

उक्त कागज जाँच भइनसकेकाले मृतक शाहीले नै लेखेको सुसाइड नोट हो/होइन भन्ने यकिन हुन बाँकी नै छ ।

प्रहरीले भेटेको उक्त कागजमा ‘छोरा मैले बाँचेर पनि तिम्रा लागि केही गर्न सकिनँ । अब बाँच्नुको अर्थ पनि भएन । सरी,’ भन्ने आशय उल्लेख छ । प्रहरीले बताए अनुसार शाहीका छोरा अमेरिकामा छन् ।

जाजरकोट घर भएकी शाही शाही पूर्वसभामुख कृष्णबहादुर महरा जोडिएको बलात्कार प्रकरणकी पीडित हुन् । पछि महराले यसमा सफाइ पाएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily