+
Search

ताजा अपडेट +

पपुलर +

लालबाबु पण्डितलाई पत्नी शोक

एमाले नेता लालबाबु पण्डितलाई पत्नी शोक

4KNationalDaily
२०८२ जेष्ठ १५, बिहीबार १२:१७ बजे

एमाले नेता पण्डितलाई पत्नी शोक, एक्लो भए भन्दै भावुक भए पण्डित एमाले नेता लालबाबु पण्डितकी श्रीमती विमला महतको निधन भएको छ । लामो समयदेखि बिरामी विमलाको गएराती निधन भएको हो । पण्डितले सामाजिक सञ्जाल फेसबुकमार्फत महतको निधन भएको जानकारी गराउनु भएको हो । पण्डितले जीवन संगिनीले छाडेर गएको भन्दै फेसबुकमा आफु एक्लो भएको उल्लेख गर्नु भएको छ । विमला डेढ वर्षदेखि माया साइटिस भन्ने रोगबाट ग्रसित हुनुहुन्थ्यो । श्रीमती बिरामी भएपछि लालबाबु सार्वजनिक कार्यक्रममा सहभागी हुन सक्नु भएको थिएन । पछिल्लो समय उहाँ श्रीमतीको हेरचाहमा खटिदै आउनु भएको थियो । लालबाबु पण्डित र विमलाको अन्तरजातीय विवाह भएको हो । लालबाबु र विमलाका बिचमा विवाह हुँदा विमला ललितपुरको सैँवु गाविस वडा नम्बर ४ को वडाध्यक्ष हुनुहुन्थ्यो । लालबाबु त्यतिबेला पूर्णकालिन राजनीतिमा हुनुहुन्थ्यो । उहाँहरुको विवाह पार्टीकै आयोजनामा पार्टीको केन्द्रीय कार्यालयमा भएको थियो

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily