+
Search

ताजा अपडेट +

पपुलर +

गणतन्त्र दिवसका दिन काठमाडौंमा एमाले र राजावादीको छुट्टाछुट्टै प्रदर्शर्न हुँदै

गणतन्त्र दिवसका दिन काठमाडौंमा एमाले र राजावादीको छुट्टाछुट्टै प्रदर्शर्न हुँदै

4KNationalDaily
२०८२ जेष्ठ १५, बिहीबार १२:४६ बजे

गणतन्त्र दिवसका दिन काठमाडौंमा एमाले र राजावादीको छुट्टाछुट्टै प्रदर्शर्न हुँदै

गणतन्त्र दिवसका दिन काठमाडौंमा एमाले र राजावादीको छुट्छुट्ै प्रदर्शर्न गणतन्त्र दिवसका दिन काठमाडौंमा आज दुईवटा प्रदर्शन हुँदैछन् । सत्ता नेतृत्वकर्ता दल एमालेले व्यवस्थाको पक्षमा गणतन्त्र उत्सव मनाउँदै छ भने राजावादी दल र संगठनले व्यवस्थाको विरोधमा प्रदर्शन गर्न लागेका हुन् । एमालेले बिहान साढे १० बजे भृकुटीमण्डपमा झाँकी र संगीतसहितको विशेष कार्यक्रम गर्दैछ । प्रशासनले एमालेलाई ११ बजेदेखि २ बजेसम्म कार्यक्रम गर्न अनुमति दिएको छ भने राजावादीहरुलाई दिउँसो २ बजेपछि मात्र कार्यक्रम सुरु गर्न अनुरोध गरेको छ । प्रशासनले राजावादी समूहलाई को कार्यक्रम गर्न शान्तिवाटिका तोकिएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले जानकारी दिनु भयो । नवराज सुवेदीको नेतृत्वमा रहेको संयुक्त जनआन्दोलन परिचालन समितिले आजदेखि प्रदर्शन घोषणा गरेको हो । प्रदर्शनका लागि राप्रपाले प्रशासन कार्यालयलाई पत्र नपठाए पनि १२ बजे शान्ति वाटिकामा भेल हुन समर्थकलाई अनुरोध गरेको छ । राजावादी समूहले देशका विभिन्न स्थानमा स्वस्फूर्त रूपमा धर्ना, जुलुसलगायत जनप्रदर्शन निरन्तर चल्ने जनाएको छ । उनीहरुले छाता र पानीको बोतलसहित सडकमा भेला हुन समर्थकलाई आग्रह गरेका छन् । राजावादीहरुले आफ्नो आन्दोलनलाई भद्र अवज्ञा र सत्याग्रह आन्दोलनमा अघि बढाउने बताएका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले एमालेले आफूहरूलाई अवरोध गरे प्रतिकार गर्ने चेतावनी दिनु भएको छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गते आफ्ना कार्यकर्तालाई काठमाडौं नियन्त्रण गर्न निर्देशन दिएपछि सुरक्षालाई लिएर चिन्ता व्यक्त भएका छन् । राजधानी प्रवेश गर्ने मुख्य नाकाहरू नागढुंगा, बालाजु बाइपास, फर्पिङ र भक्तपुरको जगातीदेखि नै प्रहरीले निगरानी बढाएको छ । त्यस्तै प्रहरीले प्रदर्शनस्थलमा दूरवीनमार्फत सूक्ष्म निगरानी गर्ने र ड्रोनमार्फत समेत प्रदर्शनस्थलको निगरानी गर्ने जनाएको छ । प्रहरीले पानीको फोहोरा फाल्न वाटर क्यानन तयारी अवस्थामा राखेको छ । प्रदर्शनस्थलमा सुरक्षाकर्मी रबरको गोली र अश्रुग्यास बोकेर खटिनेछन् । उपत्यकाका गण र गुल्मलाई पनि तयारी अवस्थामा राखिएको प्रशासनले जनाएको छ । नेपाल प्रहरीको ‘ब्याकअप फोर्स’का रूपमा सशस्त्र प्रहरी खटाइएको छ । यसैबीच, राष्ट्रिय मानव अधिकार आयोगले आज हुने गणतन्त्र पक्षधर र राजतन्त्रवादीको प्रदर्शनलाई शान्तिपूर्ण बनाउन सबैलाई अपिल गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily