+
Search

ताजा अपडेट +

पपुलर +

आज १८ औं गणतन्त्र दिवस मनाइँदै, जनता भने निराश

आज १८ औं गणतन्त्र दिवस मनाइँदै, जनता भने निराश

4KNationalDaily
२०८२ जेष्ठ १५, बिहीबार १२:५१ बजे

आज १८ औं गणतन्त्र दिवस मनाइँदै, जनता भने निराश काठमाडौं । आज जेठ १५ गते १८ औं गणतन्त्र दिवस । दिवसका अवसरमा आज विविध कार्यक्रम आयोजना गरिएका छन् । तत्कालीन सात राजनीतिक दलले राजतन्त्रकाविरुद्ध आह्वान गरेको शान्तिपूर्ण जनआन्दोलन र विद्रोही नेपाल कम्युनिष्ट पार्टी माओवादीले गरेको सशस्त्र संघर्षका उपलब्धिका रूपमा देशले गणतन्त्रको अभ्यास गरेको १८ वर्ष भएको छ । विसं २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकद्वारा २४० वर्षदेखि नेपालमा कायम रहेको राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको सम्झनामा गणतन्त्र दिवस मनाउने गरिएको छ । १८ औं गणतन्त्र दिवस आज मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी भव्यता र हर्षोल्लासका साथ मनाउन लागिएको हो । गणतन्त्र दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेललगायत विशिष्ट व्यक्तिहरू सहभागी हुँदैछन् । समारोहमा सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै लोकतन्त्रका लागि संघर्ष, त्याग र बलिदान गर्ने अग्रजको योगदानको सम्मान र सम्झना गरिँदै छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily