यार्चागुम्बा प्रजातिको जडीबुटी भेटिएको जंगलमा प्रवेश निषेध यार्चागुम्बा प्रजातिको जडीबुटी भेटिएको जंगल पाल्पाको रम्भा गाउँपालिका–३, पिपलडाँडाको रिमिघा वन क्षेत्रमा सर्वसाधारणलाई प्रवेश निषेध गरिएको छ । यार्चा प्रजातिको जडीबुटीको प्रयोगशाला परीक्षणका क्रममा रहेकाले रिमिघा जंगल क्षेत्रमा सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएको गाउँपालिकाले जारी गरेको सार्वजनिक सूचनामा भनिएको छ । खाल्डा खन्ने क्रममा पोसपाखा सामुदायिक वनको जंगल क्षेत्रमा यार्चागुम्बा प्रजातीको जडिबुटी भेटिएको थियो । त्यसको प्रयोगशाला परीक्षणको कार्य जारी रहेको हुँदा अर्को सूचना नभएसम्मको लागि जंगल क्षेत्रमा प्रवेश नगर्नु, नगराउन सार्वजनिक सूचना जारी गरेको हो । सार्वजनिक सूचनाको बर्खिलापमा गई वन क्षेत्रमा प्रवेश गरेको भेटिएमा कारबाही हुने प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले बताउनुभयो । जंगल क्षेत्रको खोल्सी तथा चिस्यान क्षेत्रमा यार्चागुम्बा जस्तै प्रजातिको वनस्पति भेटिएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो । सो जडीबुटीको तथ्य जाँचका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाएको डिभिजन वन कार्यालयका प्रमुख नारायणदेव भट्टराईले जानकारी दिनुभयो ।
यार्चागुम्बा प्रजातिको जडीबुटी भेटिएको जंगलमा प्रवेश निषेध
यार्चागुम्बा प्रजातिको जडीबुटी भेटिएको जंगल पाल्पाको रम्भा गाउँपालिका वन क्षेत्रमा सर्वसाधारणलाई प्रवेश निषेध
२०८२ जेष्ठ १९, सोमबार ०९:४४ बजे

प्रतिक्रिया