+
Search

ताजा अपडेट +

पपुलर +

चितुवाको आतंक

चितुवाको आतंक बढेसँगै बर्दियाको गुलरिया बालापुरका स्थानीय त्रसित भएका छन्

4KNationalDaily
२०८२ जेष्ठ १९, सोमबार ०९:४९ बजे

बालापुरका स्थानीय त्रसित चितुवाको आतंक बढेसँगै बर्दियाको गुलरिया नगरपालिका–५ बालापुरका स्थानीय त्रसित भएका छन् । छ दिनदेखि चितुवाको खोजीमा वन, प्रहरी, स्थानीय लागि रहेको अवस्थामा हिजो पुनः एक बटुवालाई आक्रमणको प्रयास गरेपछि बालापुरबासी त्रसित भएका हुन् । चितुवालाई नियन्त्रणमा लिने प्रयास असफल बन्दै गएपछि स्थानीयले हिजोदेखि हातमा लट्ठी, हँसिया लगायत घरेलु हतियारसहित खोजीमा लागेका छन् । थारु सामुदायिक वनको झाडी र पाक्न लागेको मकैबारीमा चितुवा पसेको आशंका गरिएको छ । गुलरिया नगरपालिका–५ का वडा सदस्य शोविन्द्रबहादुर चौधरीले चितुवाको आतंकले गाउँलेहरु ज्यान जोगाउन हातमा लट्ठी, हँसिया लिएर पहरा दिइरहेको बताउनुभयो । चितुवाको खोजीमा दुई वटा हात्ती, प्राविधिक टोलीसहित ४० जना वन, बर्दिया निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी खटिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी रामकुमार चौधरीले बताउनुभयो । चितुवाले एक बटुवालाई आक्रमणको प्रयास गर्न थालेपछि सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका ठूलो संख्यामा परिचालन गरिएको छ । गत मंसिर यता चितुवाको आक्रमणमा बर्दियामा चार जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily