+
Search

ताजा अपडेट +

पपुलर +

सार्वजनिक यातायात बन्दको विरोध गण्डकी प्रदेश सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन

4KNationalDaily
२०८२ जेष्ठ १९, सोमबार ०९:५३ बजे

गण्डकीमा सार्वजनिक यातायात बन्दको विरोध गण्डकी प्रदेश सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन अनुमति दिनेगरी नियमावली ल्याएको विरोधमा आज देशभर सार्वजनिक यातायात बन्द हुंदा सर्वसाधारण मर्कामा परेका छन् । यातायात व्यवसायीले आज मुलुकभर लामो तथा छोटो दूरीका सवारी साधन बन्दा गर्दा सर्वसाधारण समस्यामा परेका हुन् । सबै यातायातका साधन ग्यारेजमा थन्काएर उनीहरु विरोधमा उत्रिएका छन् । गण्डकी सरकारले निजी सवारी साधनलाई यात्रु ओसार्न प्रोत्साहन हुने गरी नियमावली ल्याएकाले विरोत्रमा उत्रिएको व्यवसायीको भनाई छ । सो नियमावली संघीय कानून, सवारी तथा यातायात व्यवस्था ऐनमा गरिएको व्यवस्थाविरुद्ध भएकाले खारेज गर्नुपर्ने उनीहरुको माग छ । यसै सन्दर्भमा हामीले यातायात व्यवसायीलाई उपेक्षा गरी नियमावली ल्याउनुपर्ने कारण के हो भनेर गण्डकी प्रदेश सरकारका प्रमुख सचिव शोभाकान्त पौडेललाई सोधेका छौं । बाइट शोभाकान्त पौडेल यसैबीच, पोखरा उद्योग वाणिज्य संघले विज्ञप्ति जारी गर्दै बन्द र हड्ताललाई माग सुनुवाइको माध्यम नबनाउन यातायात व्यवसायीलाई आग्रह गरेको छ । संघले समसामयिक समस्याको समाधान संवाद र छलफलबाट खोजिनुपर्नेमा जोड दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily