+
Search

ताजा अपडेट +

पपुलर +

हमासलाई ध्वस्त पार्ने इजरायली रक्षामन्त्रीको चेतावनी

हमासलाई ध्वस्त पार्ने इजरायली रक्षामन्त्रीको चेतावनी

4KNationalDaily
२०८२ जेष्ठ १९, सोमबार १०:०१ बजे

हमासलाई ध्वस्त पार्ने इजरायली रक्षामन्त्रीको चेतावनी इजरायलका रक्षामन्त्री इजरायल कात्जले इजरायली रक्षा बल गाजा क्षेत्रमा पूरै शक्तिका साथ काम गरिरहेको बताउनु भएको छ । सामाजिक सञ्जाल एक्समा लेख्दै उहाँले कुनै पनि कुराकानीबिना अब हमासका सबै क्षेत्रमा नष्ट गर्नका लागि अगाडि बढ्न सेनालाई निर्देशन दिएको बताउनुभयो । हमासलाई अन्त्य गर्नका लागि र आईडीएफ सैनिकको रक्षाका लागि हावा, जमिन र समुद्रमा राखिएका सबै साधन प्रयोग गर्न निर्देशन दिएको उहाँको भनाइ छ । यस्तै उहाँले सबै बन्धकलाई रिहा नगरे नष्ट गर्ने हमासलाई चेतावनी समेत दिनु भएको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका तर्फबाट जारी बयानमा सहायता वितरण केन्द्रमा भएको गोलाबारीमा ३१ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily