+
Search

ताजा अपडेट +

पपुलर +

अमेरिकाको कोलोराडोमा भएको शान्तिपूर्ण प्रदर्शनमा गाडीको ठक्करबाट ६ जना घाइते भएका छन्

4KNationalDaily
२०८२ जेष्ठ १९, सोमबार १०:०३ बजे

इजरायली बन्दीको पक्षमा अमेरिकाको कोलोराडोमा भएको शान्तिपूर्ण प्रदर्शनमा गाडीको ठक्करबाट ६ जना घाइते भएका छन् । घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको जनाएको छ । कोलोराडोस्थित एक मलमा भएको सो घटना भएको बीबीसीले जनाएको छ । सो स्थानमा सर्वसाधारण नियमित भेटघाट गर्दै शान्तिपूर्ण प्रदर्शन गर्ने गरेको त्यहाँका सुरक्षा अधिकारीले जनाएका छन् । ४५ वर्षीय मोहम्मद सब्रि सोलिमानले चिच्याएर स्वतन्त्र प्यालेष्टाइनको नारा दिंदै गाडीले ठक्कर दिएको प्रहरीले जनाएको छ । घटनाको विरोध गर्दै इजरायलका विदेशमन्त्री गिदोन साआरले यहुदीविरुद्ध आतंकवादी हमला भएको प्रतिक्रिया दिनुभएको छ । घटनाको दोषीलाई नियन्त्रण लिइएको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily