काठमाडौं। नेपाली सांगीतिक क्षेत्रमा एक नयाँ लोकगीतले थप रौनकता ल्याएको छ। चर्चित गायिका प्रमिला राई र गायक रामहरी भण्डारीको स्वरमा सजिएको यो गीत हालै सार्वजनिक भएको हो।
गीतमा शब्द लेखन स्वयं प्रमिला राईले गरेकी छन् भने संगीत संयोजन रामहरी भण्डारीको रहेको छ। एरेन्ज बिष्णु तामाङले गरेका छन् भने रेकर्डिस्टको रूपमा सागर पुन (एन.पी) संलग्न छन्। गीतको मिक्सिङ तथा माष्टरिङको कार्य कुमार सानु पुनले गरेका छन्। सम्पूर्ण अडियो निर्माण शंकरा डिजिटल स्टुडियो, बागबजारमा सम्पन्न भएको हो।
गीतको भिडियो निर्माणमा पनि उत्तिकै ध्यान दिइएको छ। भिडियोको निर्देशन राजन भुजेलले गरेका छन्। छायांकन तथा भिडियो सम्पादन (VE/CG/GFX) सरोज शाहीको रहेछ। मेकअप आर्टिष्टको रूपमा आर.बी. सेन्टुरीको योगदान छ।
भिडियोमा प्रमिला नाछिरिङ र रमेश कुमार नाछिरिङको सशक्त अभिनय देख्न सकिन्छ। सम्पूर्ण पोस्ट-प्रोडक्सन कार्य 4K नेपाल मिडियाले सम्पन्न गरेको छ।
प्रतिक्रिया