+
Search

ताजा अपडेट +

पपुलर +

निर्माणाधीन हेडरेस सुरुङ

म्याग्दीको धवलागिरि र मालिका गाउँपालिकामा निर्माणाधीन हेडरेस सुरुङ

4KNationalDaily
२०८२ जेष्ठ २५, आईतवार १३:२४ बजे

आयोजनाको आउटलेटबाट हेडरेस सुरुङ निर्माण म्याग्दीको धवलागिरि र मालिका गाउँपालिकामा निर्माणाधीन माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनाको आउटलेटबाट हेडरेस सुरुङ निर्माण थालिएको छ । आयोजनाको विद्युत गृह रहने मालिका–७ भारबाङस्थित आउटलेटतर्फबाट सुरुङ खन्न सुरु गरिएको हो । योसँगै यस आयोजनामा चार ठाउँबाट सुरुङ खन्ने काम भइरहेको छ । यसअघि आयोजनाको बाँधस्थल धवलागिरि गाउँपालिका–४ खाम्ला र छहरीको अडिटबाट दुईतर्फ सुरुङ खन्ने काम भइरहेको छ । अडिटतर्फबाट निर्माण भइरहेको सुरुङ र आउटलेटबाट सुरु भएको सुरुङ एक किलोमिटर ८ सय ६५ मिटर लामो हुने आयोजना प्रमुख ज्योतिकुमार केसीले बताउनुभयो । उहाँका अनुसार यस आयोजनामा बाँधबाट विद्युत गृहसम्म पाँच किलोमिटर सात सय मिटर सुरुङ निर्माण हुनेछ । म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवद्र्धक रहेको सो आयोजनाले धवलागिरि–४ खाम्लामा म्याग्दी नदीको पानीलाई सुरुङमा छिराउन १५ मिटर अग्लो र ४० मिटर लामो बाँध निर्माण गरिरहेको छ । २०८० चैत १९ मा भएको सम्झौता अनुसार २०८३ फागुनभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यसहित बाँधसँगै सुरुङ र विद्युत गृह निर्माणको कामलाई तीव्रता दिएको आयोजनाले जनाएको छ । आयोजनाको बाँधस्थलतर्फ २० प्रतिशत भौतिक प्रगति भएको आयोजना प्रमुख केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily