+
Search

ताजा अपडेट +

पपुलर +

सशस्त्र प्रहरी बलका नायब निरीक्षक

सशस्त्र प्रहरी बलका नायब निरीक्षक मोटरसाइकल दुर्घटनामा परी मृत्यु

4KNationalDaily
२०८२ जेष्ठ २५, आईतवार १३:५८ बजे

दुर्घटनामा परी सशस्त्र प्रहरीका सईको मृत्य झापाको कमल गाउँपालिका–३ सानो केर्खामा मोटरसाइकल दुर्घटनामा परी सशस्त्र प्रहरी बलका नायब निरीक्षकको मृत्यु भएको छ । दुर्घटनामा सशस्त्र प्रहरीका नायब निरीक्षक मोरङ कानेपोखरी गाउँपालिका–४ का ४८ वर्षीय पुरनलाल राजवंशीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । राजवंशी इलामस्थित सशस्त्र प्रहरी बलको बीओपी समालबुङ पोस्टमा कार्यरत थिए । घर बिदा सकेर ड्युटीमा फर्किँदै गर्दा गएराति दुर्घटनामा परेका राजवंशीलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पु¥याइए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । अनेरास्वियुको २४ औं राष्ट्रिय महाधिवेशन आजबाट एमाले निकट विद्यार्थी संगठन अनेरास्वियुको २४ औं राष्ट्रिय महाविधेशन आजबाट सुरु हुँदैछ । अनेरास्वियुको नेतृत्वका लागि युवा नेताहरुको दौडधूप बढेको छ । महाधिवेशनले कुल १ सय ९१ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व चयन सर्वसम्मत गर्नका लागि पदाधिकारी बोर्डलाई निर्देशन दिइसक्नुभएको छ । यद्यपि, लोकतान्त्रिक अभ्यासबाट नेतृत्व चयन हुने सम्भावना पनि उत्तिकै छ । आकांक्षी धेरै हुँदा व्यवस्थापनमा कठिनाइ हुने एक नेताले बताएका छन् । अनेरास्वियुको अध्यक्षका लागि प्रकाश पौडेल, सुजन कडारिया र दीपक धामी लगायत नेताहरुबीच प्रतिस्पर्धा देखिएको छ । यस्तै, सचिवालयसहित केन्द्रीय सदस्यमा पनि आकांक्षी धेरै हुँदा चुनावी प्रतिस्पर्धाको सम्भावना बढेको पदाधिकारीमा आकांक्षी स्मृति बरालले बताउनुभयो । देशभरबाट करीब १ हजार ५ सय पदाधिकारी सहभागी हुने महाधिवेशन ३ दिनसम्म चल्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily