+
Search

ताजा अपडेट +

पपुलर +

रेखा न्यौपानेको बेग्लै शैलीमा मत अपील

रेखा न्यौपानेको बेग्लै शैलीमा मत अपील, सचिव पदमा उम्मेदवारी

4KNationalDaily
२०८२ जेष्ठ २८, बुधबार २०:२४ बजे

काठमाडौं, जेठ २८ – अनेरास्ववियुको २४ औं महाधिवेशन अन्तर्गत आज सचिव पदको लागि निर्वाचन हुँदैछ। पार्टी नेतृत्वले सर्वसम्मत नेतृत्व चयनको प्रयास गरे पनि सहमति नजुटेपछि निर्वाचनको तयारी गरिएको हो।यसैक्रममा अनेरास्ववियुमा लामो समयदेखि सक्रिय भूमिका निर्वाह गर्दै आएकी रेखा न्यौपानेले केन्द्रीय सचिव पदमा उम्मेदवारी दिएकी छिन्। उनले संगठनलाई अझ सुदृढ, सक्षम र वैचारिक रूपमा बलियो बनाउनका लागि उम्मेदवारी दिएको बताएकी छिन्।रेखाले सामाजिक सञ्जाल फेसबुकमार्फत मतदातासमक्ष बेग्लै शैलीमा अपील गर्दै लेखेकी छन्,
“प्रिय प्रतिनिधिहरू, साथीहरू, अग्रज र शुभचिन्तकहरू, विप्लवले होइन, विचारले समाज परिवर्तन हुन्छ भन्ने अडान हो। संगठन, संघर्ष र समर्पणको यात्रामा म विगत लामो समयदेखि अनेरास्ववियुमा क्रियाशील छु।”उनले आन्दोलनका अग्रपंक्तिमा सक्रिय रहँदै संगठनको विभिन्न तहमा नेतृत्वदायी भूमिका निर्वाह गरेको उल्लेख गर्दै थपेकी छन्,
“२४ औं महाधिवेशनमा मैले सचिव पदमा आफ्नो उम्मेदवारी दर्ता गराएकी छु। म तपाईंहरूको विश्वास र समर्थनका साथ अनेरास्ववियुलाई अझ सुदृढ, विचारशील र संगठनात्मक रूपमा सबल बनाउने प्रतिबद्धता व्यक्त गर्छु।”सचिव पदको जिम्मेवारी पाउँदा विचार र संगठनलाई प्राथमिकतामा राखेर कार्य गर्ने दृढता व्यक्त गरेकी रेखाले सबै प्रतिनिधाहरूको अमूल्य मतको अपेक्षा गरेकी छन्।
“हिजोको आन्दोलनमा म थिएँ, आज पनि छु। भोलिको नेतृत्व तपाईंको साथमा हुने छ, तर आज मत तपाईंले दिनुपर्ने छ,” भन्दै उनले आफ्नो अपील भावनात्मक ढंगमा टुंग्याएकी छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily