तराईका विभिन्न जिल्लामा रोपिएको चैते धानको उचित मूल्य नपाउँदा किसानहरू चिन्तित र निराश भएका छन्। झापा कमलका किसान राजन गौतमले पाँच कट्ठामा उत्पादन गरेको दश क्विन्टल धानले लागत समेत उठाउन नसकेको बताए।
गत वर्ष प्रति क्विन्टल तीन हजारभन्दा बढी मूल्य पाएका गौतम यस वर्ष दुई हजार हाराहारीमै धान बेच्न बाध्य भएका छन्। कतिपय किसानहरूले उचित मूल्य नपाउँदा धान घरमै थन्क्याएर राख्नुपरेको बताइरहेका छन्।
सरकारले चैते धानको समर्थन मूल्य प्रति क्विन्टल दुई हजार ८ सय ७९ तोकेको छ, तर व्यापारीहरूले सो मूल्यमा धान किनेर नराखेपछि किसानहरूमा गुनासो बढेको छ। किसानहरूले भारतबाट सस्तो दरमा आयात भइरहेको धानका कारण मूल्य घटेको भन्दै यसको प्रभावमा आफूहरूले उचित मूल्य पाउन नसकेको बताएका छन्।
किसानहरूको समस्या सम्बोधन गर्न तत्काल कदम चाल्न आवश्यक रहेको विशेषज्ञहरूले समेत सुझाव दिएका छन्।
प्रतिक्रिया