काठमाडौं — देशको पश्चिमी र मध्य भूभागमा सक्रिय पश्चिमी वायु र स्थानीय वायुले गर्दा केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
विशेष गरी कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा अधिक वर्षा हुने अनुमान गरिएको छ। कोशी प्रदेशमा मनसुनी वायुको प्रभाव बढी देखिएकाले यहाँका अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार हाल कोशी, मधेस र बाग्मती प्रदेशका विभिन्न ठाउँमा चट्याङसहितको वर्षा भइरहेको छ। आगामी केही घण्टासम्म यस्तै मौसम रहने पूर्वानुमान गरिएको छ।
महाशाखाले ती क्षेत्रका नागरिकलाई बाढी, पहिरो र चट्याङको सम्भावित जोखिमबाट सतर्क रहन आग्रह गरेको छ। मौसममा देखिएको सक्रियता विशेषगरी खेतीपाती, यातायात र जनजीवनमा असर पुर्याउन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विज्ञहरूले सुझाव दिएका छन्।
लेखकको बारेमा

प्रतिक्रिया