+
Search

ताजा अपडेट +

पपुलर +

रुसद्वारा खारकिभमा ड्रोन आक्रमण

रुसद्वारा खारकिभमा ड्रोन आक्रमण, ६ जनाको मृत्यु, ६४ घाइते

4KNationalDaily
२०८२ जेष्ठ २९, बिहीबार १९:०६ बजे

काठमाडौं, असार १ — रुसले युक्रेनको दोस्रो ठूलो शहर खारकिभमा मध्यरातमा ड्रोन आक्रमण गरेको छ, जसमा ६ जनाको मृत्यु९ बालबालिकासहित ६४ जना घाइते भएका छन्।

समाचार संस्था रोयटर्सका अनुसार आक्रमण लगातार ९ मिनेटसम्म जारी रहेको थियो। यो हमला एक साताको अवधिमा खारकिभमा भएको दोस्रो आक्रमण हो। रूसी पक्षले युक्रेनले अघिल्लो पटक गरेको आक्रमणको बदलामा प्रतिक्रिया स्वरूप उक्त आक्रमण गरेको दाबी गरेको छ।

आक्रमणमा १७ वटा ड्रोन प्रयोग गरिएको र तीमध्ये ५ वटा अपार्टमेन्ट भवनमा खसेको जनाइएको छ। क्षतिग्रस्त भवनहरूमा ठूलो जनधनको क्षति भएको प्रारम्भिक जानकारी आएको छ।

यसैबीच, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले प्रतिक्रिया दिँदै, “रुसलाई पर्याप्त अन्तर्राष्ट्रिय दबाब नहुँदा यस्तो आक्रमण बारम्बार भइरहेको” बताउनुभयो। उहाँले युक्रेनी संरचनाहरू युद्धका कारण ध्वस्त भएको र त्यसको पुनर्निर्माणका लागि खानीबाट आउने रोयल्टी प्रयोग गर्नेबारे अमेरिका–युक्रेनबीच सहमति भइसकेको पनि उल्लेख गर्नुभयो।

सन् २०२२ देखि जारी रुस–युक्रेन युद्धले मानव जीवन मात्र होइन, पूर्वाधार र अर्थतन्त्रमा पनि गहिरो असर पुर्याइरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily