+
Search

ताजा अपडेट +

पपुलर +

दक्षिण कोरियाका नयाँ राष्ट्रपति

दक्षिण कोरियाका नयाँ राष्ट्रपति लाई जे मियुङले उत्तरसँग सम्बन्ध सुधारको संकेत, सीमा क्षेत्रको स्पिकर बन्द

4KNationalDaily
२०८२ जेष्ठ २९, बिहीबार १९:१० बजे

दक्षिण कोरियाका नव निर्वाचित राष्ट्रपति लाई जे मियुङले उत्तर कोरियासँगको सम्बन्ध सुधारको संकेत दिनुभएको छ। राष्ट्रपतिमा निर्वाचित भएलगत्तै उत्तर कोरियासँगको सीमा क्षेत्रमा बजाइँदै आएको चर्को ध्वनिवाला स्पिकर बन्द गराइएको छ।

उक्त स्पिकरमार्फत उत्तर कोरियाका नागरिकलाई बाहिरी संसारको जानकारी दिइँदै आएको थियो, जुन उत्तर कोरियाले आफ्ना नागरिकलाई “विदेशी प्रभाव” बाट टाढा राख्न प्रतिबन्ध लगाउँदै आएको विषयमा ठूलो आलोचना मानिँदै आएको थियो।

राष्ट्रपति लाईको यो कदमसँगै उत्तर कोरियाले पनि दक्षिणमाथि आलोचना गर्दै बजाउँदै आएको प्रचार स्पिकर बन्द गरेको छ। दुवै देशले एकैसाथ प्रचार गतिविधिमा रोक लगाएपछि दुई कोरियाबीच तनाव केही कम हुने आशा गरिएको छ।

विश्लेषकहरूका अनुसार यो आपसी कदमलाई कूटनीतिक सम्बन्ध सुधारतर्फको सकारात्मक संकेतका रूपमा हेरिएको छ। राष्ट्रपति लाई जे मियुङले चुनावी अभियानका क्रममा पनि संवादमार्फत उत्तर कोरियासँग सम्बन्ध सुधार गर्ने प्रतिबद्धता जनाउँदै आउनुभएको थियो।

यद्यपि, सम्बन्धको दीर्घकालीन सुधारका लागि अझ ठोस पहल आवश्यक रहेको बताइएको छ। स्पिकर बन्द गर्नु विश्वास निर्माणको प्रारम्भिक प्रयासका रूपमा स्वागत गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily