+
Search

ताजा अपडेट +

पपुलर +

गैंडाको आक्रमण

गैंडाको आक्रमणबाट चितवनमा एकजनाको मृत्यु

4KNationalDaily
२०८२ असार २, सोमबार ०९:१८ बजे

✍ राजन घर्ती

चितवन । चितवनको राप्ती नदी किनारमा माछा मारिरहेका एक व्यक्तिको गैंडाको आक्रमणबाट ज्यान गएको छ।

जिल्लाको मेघौलीस्थित सेराई होटल पछाडि रहेको राप्ती खोलामा माछा मारिरहेका ६० वर्षीय जंगे कुमाललाई हिजो बेलुका करिब ८ बजे गैँडाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

गैँडाको आक्रमणबाट गम्भीर घाइते भएका कुमाललाई तत्काल उद्धार गरी भरतपुर अस्पताल लगिएको थियो। तर उपचारका क्रममा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ।

कुमालको घुँडामा र अनुहारमा गम्भीर चोट लागेको बताइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily